Pages

Wednesday, September 26, 2012

गजल ११४


अनयासै चर्किएर आज छाती दुख्यो 
हिजो देखी हैन साथी आजै राती दुख्यो|१| 

नहेर भो झुकी झुकी लाज होला फेरी 
हेर्दा देख्ने ठाउँ भन्दा अली माथी दुख्यो|२| 

आँखा चिम्ली कालो लाई सेतो भन्नु मैले ?
सत्य बोल्दा आज फेरी अर्को साथी दुख्यो |३| 


छोरै मेरो धन्दुकारी र्यापे ट्यापे नाती 
कुरा कानी नमिलेर आफ्नै नाती दुख्यो|४| 

प्रचन्डले दिन्छु भन्थ्यो देश टुक्रा पारी 
संघियता नपाएर आफ्नै जाती दुख्यो |५| 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: