Pages

Monday, September 03, 2012

गजल १०२


पोखराकी परी हौ कि धरान कि चरी 
सार्है राम्री देखिन्छौ नि नकचरी मरी !!

पिपलपाते ओठ माथी लगाएर लाली 
मनै हर्दै आयौ यतै स्रोहसृंगार गरी!!

कता हिन्यौ लैना पाडो जस्तै खुट्टा टेक्दै 
आधा तिघ्रा देखाउदै छोटो जामा धरी|| 


मोहनि झै जादु चल्यो सुन्दर्ताको उस्को 
उसैलाई देखे पछी भुतुक्कै भो हरी ||

अर्ती दिए बिष ठन्छे नदिएकै राम्रो 
जमना नै यस्तै रैछ हरे कठै बरी!!

जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: