Pages

Monday, September 03, 2012

गजल १०४


भरियाको कथा बोक्ने त्यो गजल अधुरै छ 
पसिनाको मुल्य तोक्ने त्यो गजल अधुरै छ||

के दिन्छौ र पहिचान भारी बोक्छु भरिया हुँ 
नखोक भो मैले खोक्ने त्यो गजल अधुरै छ|| 

ढुङो माटो सबै बोल्छ अन्यायले थिचे पछी 
बोली बाटै गोली ठोक्ने त्यो गजल अधुरै छ||


कालो तिम्रो कर्तुत त्यो मैले लेखे भने फेरी 
सर्माएर जिब्रो टोक्ने त्यो गजल अधुरै छ || 

दु:ख पीडा लेख्दै थिए मुटु दुख्यो हल्का पिएँ 
अँधेरीमा बसी धोक्ने त्यो गजल अधुरै छ||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: