Pages

Monday, September 03, 2012

गजल १०५


शिर छोप्ने टोपी छैन लाज ढाक्न छोडे मैले?
छेवै नाङो पारे मलाई माज ढाक्न छोडे मैले?

शान्ती बोक्ने परेवा नै सुरक्षित पो कहाँ रह्यो 
जंगली त्यो सिनो लुछ्ने बाज ढाक्न छोडे मैले?

बन्दिन म तिमी जस्तो खास्टो ओढी समाज सेवी 
जे जे थियो देखियो त राज ढाक्न छोडे मैले?


सरकार परीबर्तन हुँदा सधैं आँफै हुन्छु सरुवामा 
करारमा राखे पछी काज ढाक्न छोडे मैले||

ज्यान मारा भए म नै मरे पनि नेता ज्युको 
लान्छानाले श्रीपेंच र ताज ढाक्न छोडे मैले||


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: