Pages

Sunday, September 16, 2012

गजल ११०















मेरै घिच्रो समाउछौ के सुरक्षा गर्नु तिम्रो?
बोल्दा तिघ्रो कमाउछौ के सुरक्षा गर्नु तिम्रो?

राष्ट्रको श्री सम्पतीमा आँफै आगो लगाएर 

तमासा हेर्दै रमाउछौ के सुरक्षा गर्नु तिम्रो?

कार्वाहीको माग गर्छौ चोर डाका छुटाउन
बिन्ती पत्र थमाउछौ के सुरक्षा गर्नु तिम्रो?

सदनका महान नेता अपहरण अपराधमा
आफै खुट्टो जमाउछौ के सुरक्षा गर्नु तिम्रो?

तिमी भयौ भस्ट्रचारी सबै लाई उस्तै सम्झी
आँफै जस्तो ठमाउछौ के सुरक्षा गर्नु तिम्रो?

नोट :ठमाउछौ =ठम्याउछौ 
जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: