Pages

Sunday, September 16, 2012

गजल १०९


एउटा कुरा मन भित्र खड्किएर आँए
आधा बाटो गल्ली बाटै छड्किएर आँए|| 

आतुर थे तिमि संग भेट गर्न भनी
त्यसैले त घोडा जस्तै बड्किएर आए||

जिन्दगीको रेस थियो दौडदै थे म नि 
माखे सांग्लो भित्र खुट्टा अड्किएर आँए||


समय मै आइ पुग्नु बाध्यता थ्यो मेरो 
भंगालो र खोलि खोल्सा फड्किएर आँए||

भरोषा थ्यो उसै माथि गर्ब गर्थे सधैं 
छुट्यो साथ दुख्यो मुटु सड्किएर आँए||

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
हाल -साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: