Pages

Monday, October 22, 2012

गजल १२३

दसैं आयो दसैं आयो निधार यो खाली भयो
पोहोर त रातै थियो सुन्य यसै पाली भयो||
निस्ठुरी भो समय यो मान्छे उस्तै पापी यहाँ
जालीकै छ जमना यो संसार नै जाली भयो||

पसिनाको धारा पोखी फूलाएको एउटा फूल
गमलामा सजाए थे गमला नै माली भयो||
सम्हालेर राखेकै थे छछल्किए आँखा बाट
तप्प तप्प चुहे आँशु गह मेरो नाली भयो||
नरुनु है प्यारी तिमी मलाई नै सम्झिएर
प्रदेशको जागिर यो आँफै लाई गाली भयो||
पसीनाको धारा पुछ्दा कती दले निधारमा
सडकको गिटी बालुवा अक्षेताको थाली भयो||
जीतु खड्का गाँउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish