Pages

Wednesday, November 14, 2012

गजल १२४


न टिका छ न अक्षेता न जमराको थाली छ
दशमीको दिन पनि मेरो निधार खाली छ|1|

केही बोल मित्र हरु म उस्तो कि समय 
किन किन यस्तो लाग्छ समय नै जाली छ|२|

कती रेटौ र्याइ र्याइ दु:खको यो साराङी?
गरीवी छ अभिश्राप अभाब नै गाली छ|३| 


हिउँचुली झै चुलिएको अभाबको दासता 
खाली भाँडा फूलबारी चिसो चुल्हो माली छ|४| 

विश्वाशको रातो फूल कसरी म फूलाउ? 
अभाबको बाँजो चिर्ने भाँचिएको फाली छ|५| 

जीतु खड्का गाउले  
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish