Pages

Wednesday, November 14, 2012

गजल १२५

अतितका पाना हरु पल्टाएर हेरेँ 
तस्बिर त्यो मधुरो थ्यो उठाएर हेरेँ |१|

बिग्रिएको बाजा रैछ जिन्दगी यो हाम्रो

निस्केंन खै धुन पनि बजाएर हेरेँ |२|

उर्लदै थ्यो जवानी त्यो छछल्केर गयो
हल्का हल्का सुम्सुम्याउदै समाएर हेरेँ |३| 

वैलिएको फूल रैछ जिन्दगीको कथा
पुष्पगुच्छा लोलाए झै लोलाएर हेरेँ |४|

नैन ताल भन्थे जीवन मरुभुमी रैछ
अश्रुधारा आँखा बाट ओभाएर हेरेँ ५|






जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish