Pages

Wednesday, November 14, 2012

गजल १२७

लह लह खेतै भरी धानका बाला झुले होला 
सयपत्री मखमली आँगनीमा फूले होला||

ढकमक्क फूल फुल्दा पुतलीका ताँती हुन्थे

रस चुस्दै ति पुतली थुङा थुङा डुले होला||

आफ्नै गाउ बिरानो भो धेरै भयो नफर्केको
साथी संगी आफन्तले साँचै मलाई भुले होला||

झलझली छ यो आँखामा देउसी भैलो गाको
मादलुमा साने होला साराङीमा ठुले होला||

यमपञ्चक लागी सक्यो आजै देखी त्यहाँ
भैलेनी र देउशिरेको भाका पनि खुले होला||





जीतु खड्का गाउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish