Pages

Wednesday, November 14, 2012

गजल १२८


तिहारको रमझममा प्रबास रोएको छ
जुन तारा जग्मगाउदा आकाश रोएको छ||

एकान्तले डस्छ संधै कसरी म मनाउ 
चाड पर्ब संगै हर्ष उल्लास रोएको छ|| 

अभाबको भुङ्रो भित्र खरानी भो रहर
आशा जल्यो खुशी मर्यो साहास रोएको छ||


टोपी किन्छु धोती फाट्छ इज्जत ढाक्नै गार्हो
साँच्चै मेरो गाँस बास कपास रोएको छ||

अनयासै आज फेरी रुदै छ यो हृदय 
अली अली कहाँ हो र तमास रोएको छ||

जीतु खड्का गाँउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish