Pages

Monday, November 26, 2012

गजल १३२

साहित्यको होनहार रहेछ त्यो 
बर्षौ देखी लगतार रहेछ त्यो |१| 

एउटा आयो बेहोसी भै बर्बरायो 
पागल जस्तो गजलकार रहेछ त्यो|२| 

धेरै पछी मित्र सँग भेट भयो 
अझै उस्तै बफदार रहेछ त्यो |३| 



आज एउटा ट्याग आयो गजलको
हेर्दा आफ्नै पो सभार रहेछ त्यो|४|

सहमती हुनै लाग्यो भन्ने सुन्थे
बकमफुसे समचार रहेछ त्यो |५| 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish