Pages

Wednesday, November 14, 2012

गजल १३१


माछा जती टोकरीमा थिए
भ्यागुता चै पोखरीमा थिए||

भोकले लड्यो सडकमा कोही 
सारा युवा बिचरीमा थिए||

बाझ्दै थिए बुढा बुढी त्यहा 
केटा केटी निदरीमा थिए||


नाङ्लो भरी अक्षेता र पाती 
ताता रोटी टपरीमा थिए||

संम्झनाले सताएर होला 
आँशु मेरा गहभरी थिए||


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish