Pages

Monday, November 26, 2012

गजल १३३

यो देशको नागरीक हुँ गर्जिएर भन्यो 
शरणार्थी नसम्झनु झर्किएर भन्यो||

प्रतिगामी तत्व हरु सल्बलाए यहाँ 

कठै!बरा गाला छाम्दै तर्सिएर भन्यो||

जनयुद्द लडेको छु नसिकाउ लड्न
एउटा गोली मेरै नाम अर्पिएर भन्यो||

म जिउदो सहिद हुँ नपात्याए हेर
अपाङोले कुर्सी बाटै घस्रिएर भन्यो||

सहमती हुनै पर्छ एक साता भित्र
घाइतेले पुरानो घाऊ बल्झिएर भन्यो||





जीतु खड्का गाउले
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish