Pages

Monday, November 26, 2012

गजल १३४


समस्याको कुम्लो बोकी छिर्नु पर्छ शहरमा 
सोझा साझा ठग्ने झोला भिर्नु पर्छ शहरमा||

मनबता बिर्सिएर केबल यहाँ पैसा बोल्छ 
सुसु गर्दा पनि पैसा तिर्नु पर्छ शहरमा||

बैमानीको शहरमा आफ्नो इमान आँफै बेची 
दुनियाँको नजरमा गिर्नु पर्छ शहरमा||


बेरोज्गारी समस्याले घेरे पछी वरी परी 
कुकुर झै लखर लखर फिर्नु पर्छ शहरमा||

नुन जोड्यो तेल हुन्न महङीको मार झेल्दा 
अभाबको कालो बादल चिर्नु पर्छ शहरमा||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish