Pages

Wednesday, December 12, 2012

गजल १४५

गंगा पनि असुध्द भो रहेन नि पवित्र त 
कलीयुग युगै पापी पापै रैछ म भित्र त || 

निहालेर हेरे मैले लुकेको थ्यो परिचय 
मुहारमा नकाब थ्यो चिने मैले ति मित्र त||

गरिवीको अंक घट्यो यही भन्थ्यो तथ्याङ्कले 
सत्य केहो छर्लङै थ्यो आँखामा थ्यो स चित्र त||



दृष्‍टिभ्रम मात्र थियो जे जे देख्यौ तिम्ले हिजो
यथार्थको पाटो भिन्नै खराब थियो चरित्र त ||

दार्ही फूली फल्न लाग्यो कठै बरा! बिचराको
युवा नेता मै हुँ भन्छ अझै पनि त्यो पित्र त||


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish