Pages

Friday, December 07, 2012

गजल १४४

दु:खमा परे थे पाखुरी बजायौ 
हासेरै रमायौ उत्सबै मनायौ||

मेरो के गल्ती थ्यो गरीब हुनुमा 
असक्त ठानेर बेस्सरी सतायौ|| 

अस्ताए हुने थ्यो दु:खको दासता 
गोधुली साँझमा झुलुक्क उदायौ||

मरेर के लान्छौ? बेरेर कात्रोमा 
इमान बेचेर तिमीले के पायौ?

युद्दको सिपाइ म लडेरै मर्ने थे 
कुर्शिको खेलमा भन काँ पठायौ|| 

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish