Pages

Friday, December 07, 2012

गजल १४१

अँध्यारो थ्यो झुपडीमा भित्र खास देखिन मैले 
साँच्चै म त अन्धो रैछु मित्र खास  देखिन मैले||

अलिकती रङ पोखी मुस्कुरायो कुचिकार 
रित्तो थियो क्यानभास चित्र खास देखिन मैले||

फोहोरको थुप्रो थियो जल्दै थिए लास हरु 
बागमतीको सुद्द जल पवित्र खास देखिन मैले||


सबै उस्तै उरन्ठ्याउले कहाँ जाउ गुरु थाप्न 
सेतै फुल्या अनुभबी पित्र खास देखिन मैले||

समाजको अगुवा उ आँफै बाटो हगुवा त्यो 
खराब थ्यो उ असल चरित्र खास देखिन मैले||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish