Pages

Friday, December 07, 2012

गजल १४२

छछल्किदै झरे आँशु रोकेन खै परेलीले 
बिरहकै बोली बोल्यो सुसाउदा सुसेलीले||

पूर्बै दिशा उज्यालो भो लाली भर्यो बिहानीले 
रात रोयो मिर्मिरेमा शित पोख्दा जुनेलीले||

घरी घरी मुर्छा हुन्थे अतितको घाऊ बल्झी 
सान्त्वनाका दुई शब्द पोखी जान्थे सहेलीले||

कसुर के थ्यो बिचरीको स्वामी मर्यो बिद्रोहमा 
लोहोरोले हिर्काएर चुरा फुटाई त्यो चेलीले|| 

प्रतिक्षामा हुन्थ्यो गाँउले सुनौलो त्यो बिहानीको 
अध्यारोमै बित्यो जुनी देखेन खै उजेलीले||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल -साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish