Pages

Friday, December 07, 2012

गजल १४३(जैरी गठेरी )

जवानीले परिपक्क मै छु तन्देरी
ढेस्किएर नहिड है आँखै नहेरी||

अँधेरीमा हिंड्न हुन्न भन्दा नसुनी 
आनाकानी गर्दै हिड्छे मलाई नटेरी||

बनमारा झै सिर्लिङ छे फुर्ती हेरन 
आँफैलाई सिँह ठान्छे काली कंचेरी||

पोथी जस्तै कर्कर गर्थे बुझ्दै नबुझी 
सत्य के हो बुझ्ने हैन जैरी गठेरी||

घुर्काएर गएकी थि आई फर्केर 
मेरै छेउ बसेकी छे हुँदै सँधेरी||

जीतु खड्का गाउले

मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish