Pages

Friday, December 07, 2012

मुक्तक

मुक्तक १
सहमतिको हलो फेरी अड्किएको सुने 
फेरी आज अर्को गालो पड्किएको सुने|
लहर नै चल्यो यहा होस गरे है नेता 
गाँउ भरी जनता सारा भड्किएको सुने||

मुक्तक २

होस गुमाएर बेहोसी भएँ 
दोष गुमाएर निर्दोषी भएँ|
पागल बस्तीमा छिरेर आँफै 
कुरै नबुझ्ने म अघोषी भएँ||

 
मुक्तक ३
घट्छ पक्कै तिम्रो पनी बेदनाको भारी
मैले जस्तै आँशु झारी रुन सक्छौ भने|
आँशु पनी काम लाग्छ सम्हालेर राखे 
फाटेको छ कलेजी यो तुन सक्छौ भने||



मुक्तक ४
जगमगाए जून तारा तिमीलाई देखे पछी 
मगमगाए फूल सारा तिमीलाई देखे पछी |
तिमी थियौ समिपमा उ थ्यो त्यहाँ टोलाएको 
पागलै भो त्यो बिचारा तिमीलाई देखे पछी||
मुक्तक ५
हनुमान गाला फुलाएर गयो 
बादरले जनता भुलाएर गयो |
अचम्मकै धान पो परेछ गाठे 
चार बर्ष बाला झुलाएर गयो||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish