हजुर हरुको जानकारीको लागि भन्नै पर्छ मैले उ जमना मा मेरो बुवाले ठ्यक्कै एक कलास
पढ्नु भएको हो तपाईं मानि लिनुस् उ जमना को एक रुपया अहिलेको समयमा १००
भन्दा धेरै हुन्छ मैले यो भन्दा गलत हुन्न मेरो बुवाले १०० कलास पढ्नु भएको भनेर
छेउ मा बसेर टोपी बाट आधा ठुटो बिढी निकालेर भन्नु भो
ए माइला जा जा भित्र बाट अगुल्टो लिएर आइज
मैले अगुल्टो दिए अनी टुसुक्क बसेर अङ्रेजी लेख्न थाले
अनी बुवाले बिडीको धुवाँ उडाउदै भन्नु भो
तलाई काइते अक्षेर लेख्न आउछ
मैले भने आउँदैन
गोरुमुते अक्षेर लेख्न आउछ
मैले भने आउँदैन
थुक्क मुला तलाई मैले पढाको कुकुर कै पुछ्रे मा गएछ
तेरो कापी कलम यता ले त भनेर भन्नु भयो अनी दिए
बुवाले यस्तो लेख्नु भो
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
यो के हो बुवा भने नाथु दाई गर्दा गोरुले यसरी मुत्छ
यस्ता अक्षेर लाई गुरुमुते अक्षेर भनिन्छ
भनेर भन्नु भो
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish