Pages

Monday, December 31, 2012

गजल


छाती भरी वेदना छ के नै छ र म सँग त
बन्धकीमा गहना छ के नै छ र म सँग त |१| 

छुवाछुत समाजमा हेपिएको मान्छे   न हुँ 
कु-जातको लाञ्छना छ के नै छ र म सँग त|२| 

छट्पटिदै कोल्टे फेर्छु हर रात बिछ्यौनामा 
केबल उन्कै सम्झना छ के नै छ र म सँग त|३|


मोती दाना खन्याएर छाक टार्ने पौरखी हुँ 
पसिनाकै वासना छ के नै छ र म सँग त|४| 

तिमी जस्तो बहरमा निपूर्ण त कहाँ छु र 
साहित्यमा साधना छ के नै छ र म सँग त|५| 

कु-रितिको पर्दा चिर्न निस्किएको पागल मान्छे 
आधा आधी चेतना छ के नै छ र म सँग त |६| 

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish