Pages

Saturday, February 02, 2013

गजल


अछुतको दाग मेरो चोखिएको छैन अझै 
पँधेरीमा छेक्ने चलन रोकिएको छैन अझै |१| 

भन्छौ तिमी निती बन्यो हुन्न अब भेदभाब 
उदाङै छ तिम्रो निती छोपिएको छैन अझै|२| 

अपराधी थुन्न भनी बनायौ रे झ्यालखाना 
खुल्लै हिन्छ बलत्कारी कोचिएको छैन अझै|३| 

बुढा बाबा थला बसे छोरो उन्को मुग्लानी भो 
पाखो बारी बाँझै देख्छु जोतिएको छैन अझै|४| 

समस्याको गाँठो खोल्न पठाएथ्यौ सदन भित्र
समस्या त जिउँका तिँउ सुल्झिएको छैन अझै|५| 

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish