Pages

Saturday, February 02, 2013

गजल

उता हेर संबिधानका ती ब्यापारी आए
जनताका प्रतीनिधी अत्याचारी आए||


लेख्ने लाई जिउदै गाड्ने लोकतन्त्र भन्दै
काटी कुटी श्री तीन कै अबतारी आए||

भोका नाङा जनताको तस्बिर देखाएर
दुनियाँ सामु मागी खाने ती भिखारी आए||

सुरक्षाको घेरा भित्र मरिने पो हो कि
मन्त्री ज्युका अघी पछी बन्दुकधारी आए||

चिन्छौ पक्कै नेपाल आमा आँखा खोली हेर
तिम्रो इज्जत लुट्ने तिनै बलत्कारी आए||

नोट= श्री ३ भनेको राणा प्रधान मन्त्रि 

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish