Pages

Tuesday, April 02, 2013

बीर नेपालि

बीर नेपालि भन्दै चिच्याउने हाम्रा पुर्बी तराइमा क्षेत्री बाहुन देख्दा मलाइ हाँसो लागेर आउछ 


हाम्रा पुर्खा जिजु बाजे हरु मदेश जानलाइ ३ माना चामाल ले जिन्दगी बित्छ भनेर भन्थे रे 
३ माना चामाल बोकेर मदेस गए बेलुका एक माना पकाएर खान्थे राति सुथे अनि लामखुट्टेले टोकेर( औलो ) मलेरिया हुन्थ्यो बिहान 
धर्खाराउदै उठ्थे अनि आधा माना चामलको गिलो भात पकाएर खान्थे 
साँझमा आधामाना को गिलो भात पकाउथे तर थला परेर खान नसकी सुते पछी बिहान उठ्दैन थे
छिमेकी आएर बाकि एक मानो चामल छातीमा राखेर संख फुक्दै खोला तिर लान्थे रे

उनाताका मैले थाहा पाउदा पनी श्री ५ को सरकारले गाउ गाउमा १५/ १५ दिन मा औषधि छर्किने कर्मचारी पथाउथे अनि छर्थे पनी
अझै पनी झापा र मोरंग जिल्ला लामखुट्टे पालन मै गनिन्छ

ऊ बेला बाउ बाजे लामखुट्टेको प्रभा नगरी मधेर झरेका भए अहिले हामीलाई घडेरीको दुख हुने थिएन नि

अनि हामीले कसरि भन्नु हामि बीर नेपालि भनेर
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish