छक्कै पर्छु साथ दिने बुङ्गा हरु देख्दा|१|
हाँसो लाग्छ संघियता खोज्दै गाली दिने
जाँठो बाहुन भन्दै बोल्ने लुङ्गा हरु देख्दा|२|
नेता ज्युको पृष्ठभुमी पल्टाएर पढ्दा
भबिस्यका नेता देख्छु लफुङ्गा हरु देख्दा|३|
माकुरीले जालो लायो मादलु र डम्फु
दया लाग्छ बिनायो र मुर्चुङ्गा हरु देख्दा|४|
पूजारी नै पापी देखे मन्दिर भित्र मैले
कोपिलामै निमोठिएका थुङ्गा हरु देख्दा|५|
अशान्ति छ चारै तिर नपाल बन्द सधैं
सम्झन्छु म बुध्दलाई हुल्दुङ्गा हरु देख्दा|६|
जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish