Pages

Tuesday, April 02, 2013

गजल


कल्पी कल्पी कल्पनामा ढल्छन मेरा रात हरु
धुर्ब तारा चम्किए झैँ बल्छन मेरा रात हरु ||

कोल्टे फेर्छु रातै भरि भाले बास्छ मिर्मिरेमा 
सम्झनाको भुमरीमा गल्छन मेरा रात हरु ||

छुन खोज्दा बिलाउने मधुरो त्यो प्रतिबिम्ब 
झझल्को मै झल्किएर टल्छन मेरा रात हरु||



घसारिन्छु पसारिन्छु यथार्थको धरातलमा 
बैसाखीको साहारामा चल्छन मेरा रात हरु||

झस्किएर उठी हेर्दा कोहि हुन्न ओरिपरी 
सुन्यताले जरा हाल्दै फल्छन मेरा रात हरु||


जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish