वीरताको चिनो मेरो खुकुरी छ निसानीमा
बिजयको शंख ध्वनी गुञ्जीने छ बिहानीमा |१|
स्वाभिमानी नेपाली हुँ झुटो कहिले बोल्दिन म
जुधाएर हेर आँखा सत्य देख्छौ यो नानीमा|२|
पछुतोमा परेको छु म पनि त यती बेला
गरें होला गल्ती मैले नबुझेर नादानीमा|३|
निदरीमा थियौ तिमी शान्ती बोकी आएको थे
उठ्यौ भने हेर त्यहाँ संन्देश छ सिरानीमा|४|
गाँउ सम्झी रुन्छ गाँउले हिजो आज मुग्लानमा
लालाबाला छोडी आँए कल्कलाउदो जवानीमा|५|
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish