मैले हेर्ने एउटा तारा बिलाएको हो कि ?
चन्द्रमाको कोख भित्र निदाएको हो कि ?
कयौ पीडा छाती भित्र सम्हालेर बग्ने
खहरेको चित्कार सुन्छु सुसाएको हो कि?
मौन देख्छु झुल्के घाम उदाएको बेला
कयौ रात अध्यारो मै बिताएको हो कि ?
भुँ भुँ गर्छ माहुरी त्यो ओरीपरी मेरो
अघोरीले कठै! घारै उठाएको हो कि ?
देब्रे आँखा फुर्फुरायो के के हुन्छ कुन्नी
अ-शुभको लक्षण पो जनाएको हो कि?
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish