Pages

Sunday, April 28, 2013

गजल

के गुनासो गर्नु मैले आफ्नै भाग्य फुटेपछि 
कर्म लेख्ने भावीले नै खुशी जति लुटेपछि |१| 

टुट्नु थियो टुट्यो मुटु शिसाको जो बनाए थें 
कसरी पो जोडिन्थ्यो र चोईटिएर टुटेपछि|2|

झर्नुसम्म झरें आज बेदनाको खोबिल्टोमा 
अफ्ट्यारोमा थाम्ने हात अनयासै छुटेपछि|३| 


पिजडामा बन्दी भयो सदा बाहार खुल्ने हाँसो
मौनताले गाँजेको छ हाँस्ने ओठ खुटेपछि |४|

घमण्डको कुम्लो भिरी दुनियाँ आफ्नो ठान्छ मान्छे
के नै गर्न सक्दो रै छ नियतिले चुटेपछि |५| 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish