Pages

Saturday, April 27, 2013

गजल

खाल्डो खन्छु नेता पुर्छु चिहान बनाउछु 
को को बंच्छ बंचे जती मसान बनाउछु |१| 

बन्द गर्छु पाठशाला त्यो नेता जन्माउने 
राजनिती शास्त्र लाई बिज्ञान बनाउछु |२| 

भाई फुटे गवार लुटे भनाइ पुरानो भो 
मन्त्री आयो देश खायो उखान बनाउछु|३| 



के पाँए खै?अरबमा लुटाएर यो जवानी 
नेपाल जान्छु बिहे गर्छु सन्तान बनाउछु|४| 

किसानको छोरा न हुँ किसान बन्छु फेरी 
भैंसी पाल्छु बाख्रा पाल्छु बथान बनाउछु |५| 

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish