Pages

Monday, May 06, 2013

केही रुवाइ मुक्तक हरु


छरपस्ट याद हरु समेटु पो कसरी म 
अंगालोमा समेटेर लपेटु पो कसरी म |
साहायद झर्छु होला पीडाको त्यो भुमरीमा 
आयो फेरी मेरै छेउ घचेटु पो कसरी म ||

हमेसा म श्रीमतीकै करकरमा छु 
त्यसैले त सौता थप्ने तरखरमा छु 
बाँच्ने रहर पुगी सक्यो अब मलाई 
भिर वाट खस्छु अब पल्सरमा छु||



उस्को तातो त्यो जवानी चिस्याउनै पर्ने भो 
सार्है फुर्ती लाउछे मोरी हिस्याउनै पर्ने भो|
सुनैको छ की क्या हो र त गर्छे घमण्ड 
साँच्चै घाँस काट्न जाँदा घिस्याउनै पर्ने भो||

आक्रोस के जताउ म जिन्दगी लाइ 
गुनासो के बताउ म जिन्दगी लाइ |
बे हाल छ मेरो अझै बुझ्दैनौ तिमि 
संदेश के पठाउ म जिन्दगी लाइ ||

बाँदरले आफ्नो औकात देखाएर गयो 
लगातार उस्ले उखपात देखाए गयो ||
अनौठो थ्यो उस्को हर्कत मौन हुँदै हेरे 
टहटह जून भन्दै बर्षात देखाएर गयो ||

जीतु खड्का गाँउले 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish