Pages

Saturday, April 27, 2013

गजल

कती हिन्छौ हल्ली हल्ली बेगारी ए लठुवा हरु 
झुट माथि झुट बोल्न बानी भका ढँटुवा हरु ||

माथी नेता मिलेका छन किन लड्छौ तिमी यहाँ 
झन्डा बोकी कती कुद्छौ भातमारा भातुवा हरु|

बहालीको माग गर्दै आन्दोलनमा उत्रे अरे 
सुरक्षाका पहरेदार द्वन्दका ति भगुवा हरु||



जनताको नजर बाट गिर्नु थियो गिरी सक्यौ
ठूलो स्वर नगर भो निर्वाचनका हरुवा हरु||

बाहुनलाई कहाँ थाहा त्यो च्याउको स्वाद कस्तो
बाँदर लाई जिस्काउछन बारीका ति अधुवा हरु||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish