अश्रु धारा बगी रहे आँखा ओभाएन||
यो आँशुले लपक्कै भो आज लज्जावती
मिर्मिरेले शित पोख्यो रोयो लजाएन||
खबर त पठाए थ्यौ सन्चो बिसन्चोको
बतासलाई सोधे मैले किन बताएन||
तिम्रो बाटो हेर्दै आँखा थाके दोबाटोमा
लोलाए थें आयो याद किन उठाएन||
सुसाउदै आयो कोशी हाल बुझ्न मेरो
बह मैले पोखे जब उनी सुसाएन||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish