Pages

Sunday, May 12, 2013

गजल


अँध्यारोको आकार समाएर बोले
खुइया गर्दै निधार समाएर बोले ||

दोहोरिन्छ काफिया नपत्याए हेर
उर्दु शेरको पुच्छार समाएर बोले|

संधै बन्द हड्ताल नगर्नुस हजुर
मजदुरले औजार समाएर बोले||

धन्यवाद हजुर नल्याए नि हुन्थ्यो
लजाउदै उपहार समाएर बोले ||

भस्ट्रचार कुलत फैलिएको रै'छ
नेपालीको बिमार समाएर बोले||

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish