मलाई मेरो सगरमाथा हिमाल चाहिन्छ
अखण्ड यो मातृभूमि बिसाल चाहिन्छ ||
मेची र काली मिचिदै छ राता रात यहा
दक्षीण तर्फ सबै ठाउँ प्रखाल चाहिन्छ ||
चार जात छत्तिस वण फूलका थुङ्गालाई
एकताको माला गाँस्ने संजाल चाहिन्छ ||
अलिसान महल हैन झुप्रै भए हुन्छ
आँखी झ्याल बार्दली र टूँडाल चाहिन्छ ||
राष्ट्रिय खेल राष्ट्रियता जोगाउनु छ मैले
डन्डी बियो साथै मलाई बाघचाल चाहिन्छ||
जीतु खड्का गाँउले
मोरंग जिल्ला
उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish