Pages

Sunday, May 12, 2013

गजल

हिजो आज बुध्दीजीवी घोरी भएका छन
अहमता गनाउछ फोहोरी भएका छन|१|

दक्षिणकाली गएको थें वली चढाएको देख्दा
यस्तो लाग्छ देवता नै घुसखोरी भएका छन|२|

के संम्झु म यो बिज्ञान चमत्कार कि अभिश्राप
जन्मिदा जो छोरा थिए  ती छोरी भएका छन|३|


तिम्रो आफ्नै रक्षा गर भगवान पर्दैन मेरो
मन्दिरमा तिम्रै सामु मूर्ति चोरि भएका छन|४|

जमना हो कि खराब या यहाँका मान्छेहरू
पग्लदैन  मुटु सार्है ठोरी भएका छन|५|

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish