Pages

Friday, May 24, 2013

गजल

 आकाश देख्दा थाहा भयो पताल देख्दा थाहा भयो 
अभागी रैछ कर्म हाम्रो नेपाल देख्दा थाहा भयो ||

जिन्दावाद मुर्दावादका गुञ्जिए नारा हरु यहाँ 
जल्ने भयो सारा बस्ति मसाल देख्दा थाहा भयो||

सत्ययुगमा पनी थिए पिपासु जवानीका प्यासी 
मन्दिरको चारै तिर टुँडाल देख्दा थाहा भयो||



साहित्यमा राजनिती प्रभाब बढ्दै गाको रैछ 
फेसबुक सामाजिक संञ्जाल देख्दा थाहा भयो|| 

लय भाब हराएको गजलको परीभाषा नयाँ 
आधुनिक गजलको कमाल देख्दा थाहा भयो||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish