Pages

Sunday, May 26, 2013

गजल


आँशु हरु लुकाउन हाँसो पोख्छु यहाँ 
दुखि आँत्मा बुझाउन हाँसो पोख्छु यहाँ||

हर साँझ छट्पटिन्छु सम्झी दुधे बाला 
याद हरु भुलाउन हाँसो पोख्छु यहाँ||

पागल सम्झी हाँस्ने हरु अझै हाँस तिमी 
हाँस्य कला देखाउन हाँसो पोख्छु यहाँ||

रुँदा रुँदै आँशु हरु रितिन्छ कि भन्दै 
अलिकती बंचाउन हाँसो पोख्छु यहाँ||

तातो घाम उस्तै काम मनै भारी हुँदा 
मन्को भारी बिसाउन हाँसो पोख्छु यहाँ||

तनै भरी पिडा बोकी निन्द्रा कहाँ लाग्थ्यो 
एक झप्को निदाउन हाँसो पोख्छु यहाँ||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish