Pages

Friday, May 24, 2013

गजल

चर्को बोलि फुटाएर भन्छु कम्रेड लाल सलाम 
बन्द मुट्ठी उठाएर भन्छु कम्रेड लाल सलाम ||

तिमी गर या नगर मैले सत्कार गर्न छोड्दिन 
ठाडो शिर झुकाएर भन्छु कम्रेड लाल सलाम ||



बैरी सामु झुक्दैन यो शिर उडाउ बोरु सहन्छु 
दुबै आँखा जुधाएर भन्छु कम्रेड लाल सलाम ||

सरकार हाम्रै हो यो सत्ता हाम्रै हो छैन फिकर 
खाको भत्ता पचाएर भन्छु कम्रेड लाल सलाम||


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish