Pages

Friday, May 24, 2013

गजल

काल रात्री अंधेरिमा निडर बनी आउँला 
मिर्मिरेको ज्योती जस्तै प्रखर बनी आउँला|१| 

बियोगले छट्पडिदै मर्ने बेला मदन बोल्यो 
अर्को जुनि पाँए भने अमर बनी आउँला |२| 

उग्रक्रान्ति नगर भो शान्ती बार्ता गरौ आजै
लचकता अपनाइ मथ्थर बनी आउँला|३| 



हेला भित्र हेलिए म गरीबीको कारणले
तिम्रो हात माग्न आउँदा निर्भर बनी आउँला|४|

तिम्रो खुशी मै हुँ भने तिमी लाई भेट्न भनी
तिम्रो पागल बस्तीमा बे घर बनी आउँला |५|


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish