Pages

Friday, May 24, 2013

गजल

सुस्तरी सुस्तरी समिपै उ आयो 
छेवैमा आउने बहाना बनायो |१| 

बोलेन पिटिक्कै छेवैमा हुँदा नि 
खै किन त्यसरी साँच्चै उ लजायो|२| 

फर्केर गयो उ नहेरी  पछाडि
नबोली दिलैमा कब्जा पो जमायो |३| 



निस्ठुरी मोराले के गर्‍यो के गर्‍यो
मोहोनी जालैमा मलाई फँसायो |४|

सुन ए हितैका हे मेरी सँगीनी
आउँदैछ भेट्न उ लेखेर पठायो|५|


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish