Pages

Monday, May 06, 2013

गजल

अँझै मरी मेट्थे होला आश भाको भए 
स्वर्गका ती अप्सरा झै खास भाको भए|१| 

किन हेला गर्छौ तिमी खाते भन्दै मलाई 
सुत्ने थिन फलैचामा बास भाको भए |२| 

सिलो साङ्लो गर्दै छु म आँशु भित्र हाँसो 
समेट्नु नै किन पर्थ्यो रास भाको भए |३| 


यो मुटुमा घाऊ लागे कति पीडा हुन्छ 
रेट्ने थेनौ चुलेसीमा भाष भाको भए|४| 

चाहे मान या नमान मरिसकें म त 
चल्थ्यो होला ढुकढुकी यो सास भाको भए|५| 

गाली गर्दै ढुङ्गा हान्छौ बाँचुन्जेल सम्म
श्रदाञ्जली दिन्थ्यौ होला लास भाको भए|६|

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish