Pages

Monday, May 06, 2013

गजल


धेरै छ यहाँ मान्छेले गर्ने गरेर सकिन्न 
जिन्दगी रैछ दु:खको खोला तरेर सकिन्न|१|

हावाले लग्यो खुशीको थुङ्गा कोपिला नफक्री 
आँकुरा हाल्दै पलायो फेरी झरेर सकिन्न |२| 

हुने त्यो छोरो धुलो र मुलो चाइन्न ओखती 
लेखेको आयु बायुले खान्न मरेर सकिन्न |३| 

विबेक हिन मान्छेले अती गर्दछ घमण्ड 
ओखती हुन्न मुर्खको केही लरेर सकिन्न|४| 

मर्दा के लन्छौ ए लोभी मान्छे बेरेर कात्रोमा 
लोभको भाँडो ठुलै पो हुन्छ भरेर सकिन्न|५| 

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish