Pages

Monday, May 06, 2013

क्राइम चेक साप्ताहिक पत्रिकामा प्रकासीत गाउलेको गजल


गजल
के दिउ म सुभ कामना पहिचान हराएको बेला
नखोज भो स्वतन्त्रता संम्बिधान हराएको बेला|१|

घर ढलाए र पो यहाँ जुर्मुराए सुकुम्बासी हरु
बाघ पनी बौलाउछ वासस्थान हराएको बेला|२| 











राजगद्दी र श्रीपेज संम्झी बस्छन नागार्जुनमा कोहि
रिस पक्कै उठ्या होला जंगी निसान हराएको बेला|३|

सहमती भो सम्झौता भो बिद्रोहमा कती मरे कती
कस्ले कुरा उठायो खै त्यो जवान हराएको बेला|४|

कहाँ भेँटु परदेशमा स्वाभीमान नेपालीको मैले
मेरो आफ्नै यो देशमा स-सम्मान हराएको बेला|५|

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी हाल साउदी अरब



Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish