प्रेमको मातमा मतायो उसैले|१|
बैगुनी रहेछ जातै यो मायाँको
दिलैमा डेरा पो जमायो उसैले|२|
मायाँको कोसेली मनको भावना
लेखेर पत्रमा पठायो उसैले|३|
मुना र मदन लैला र मज्नुको
दु:खद कहानी सुनायो उसैले|४|
इन्द्रेणी रङले भरेर जिन्दगी
हाँसेर जिउन सिकायो उसैले |५|
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish