Pages

Friday, May 24, 2013

रमाइलो गजल

बिगारी'छे त्यो जैरीले आफ्नै मती हजुर 
बैगुनी छ भन्दै हिन्छे आफ्नै पती हजुर |१| 

अर्ध नग्न हिंड्नु पछी कथा नै छ कारण 
किन दिन्छन् त्यो कथाले मागे जती हजुर|२| 

अझै जामा छोटीदै छ अंग भए बाहिर 
त्यो कथाले हँन साँच्चै माग्छ कती हजुर?| ३| 



सुध्रेन खै बानी उस्को कती दिनु सुझाब 
उस्कै जस्तो हुन लाग्यो आफ्नै गती हजुर|४| 

छोप्ने ठाउँ ह्वाँङग पारी जब आउछे नजिक 
किन मेरो मुटु पोल्छ भतभती हजुर |५| 

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish