गजल (सवाल )
गीता मगर बैनिको गजल लाई जवाफ फर्काउने दुस्प्रयास
तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो
तिम्रो मिठो बातहरुमा भुल्न पाए हुन्थ्यो||
जीवन भरि तिम्रै न्यानो स्पर्शमा बसी
तिम्रो मन मुटु भरि डुल्न पाए हुन्थ्यो ||
संसार कति रमाइलो छ जिउन जाने देखि
अन्धकारमा जुन बनी खुल्न पाए हुन्थ्यो ||
जति टाढा हुदै गयो उति याद आउछ किन ?
सपनीमा भए पनि ,संगै झुल्न पाए हुन्थ्यो ||
----गीता मगर
गजल (जवाफ )
गोडी दिन्छु बगैचा यो फूल्ने भए तिमी
मिठा मिठा बात गर्छु भुल्ने भए तिमी ||
मुटु माझ टेक तिमी फूल सम्झिएर
सारा चोट पंन्छाई दिन्छु डुल्ने भए तिमी ||
किन गर्छौ अध्यारोको पीडा तिमी अब
जून टिपी ज्योति छर्छु खुल्ने भए तिमी|
सपनिमा झुल्ने भए आँखा चिम्ले हुन्छ
निदरीको बाटो आउछु झुल्ने भए तिमी ||
जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish