Pages

Friday, May 24, 2013

गजल

छाती भरी पीडा बोकी भएँ अचानो 
गह भरी आँशु थियो थे'न ओभानो |१| 

दसैं आयो दौरा टालें हाँस्यो दुनियाँ 
अभाव थ्यो टाली लाएँ उही अर्धानो|२| 

पीडा बल्झी दुख्छ छाती हर रातमा 
हाँस्न खोज्छु घाऊ खाटो पार्दै स सानो|३| 



खुट्टा तान्ने आफ्नै देख्छु चड्दा उकालो
जति चड्छु उती लड्छु पर्छु उत्तानो |४|

कस्तो भयो होला मेरो गाउँ गोरेटो
धेरै भयो नफिरेको भयो बिरानो|५|

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish